२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा थपिए ८४ हजार मतदाता, ४५१ वटा मतदान केन्द्र

प्रकाशित मिति : २०७८ चैत्र १७ गते
file photo

चितवन / स्थानीय निर्वाचनको लागि चितवनमा ८४ हजार भन्दा बढी मतदाता थपिएका छन् । जिल्लामा ८४ हजार ६ सय ८२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा चितवनमा कुल मतदाताको संख्या तीन लाख १३ हजार २ जना रहेको थियो । जसमध्ये एक लाख ६२ हजार २५१ महिला र एक लाख ५० हजार ७५१ पुरुष रहेका थिए ।
आगामी वैशाख ३० गते हुने निर्वाचनमा चितवनका तीन लाख ९७ हजार ८८४ जनाले मतदानमा भाग लिन पाउनेछन् । जसमध्ये दुई लाख ४६ हजार ६६६ महिला मतदाता रहेका छन् । पुरुष मतदाताको संख्या एक लाख ९३ हजार १८ रहेको छ भने यौनिक तथा लैंगिक अल्पसंख्यक एक जना रहेका छन् ।
चितवनका सातवटा स्थानिय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन् । भरतपुरमा महिला मतदाताको संख्या ९६ हजार ८६७ रहेको छ भने ८८ हजार ८८४ पुरुष रहेका छन् । यस्तै एकजना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेका छन् ।
भरतपुरमा आसन्न स्थानीय निर्वाचनमा ३५ हजार ४७८ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अम्बरबहादुर पुर्जाले जानकारी दिए । गएको स्थानिय निर्वाचनमा भन्दा रत्ननगरमा नगरपालिकामा ९ हजार ४८८ मतदाता थपिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार २७ हजार २९५ महिला र २५ हजार ३४७ पुरुष गरि जम्मा ५२ हजार ६४२ जना मतदाता रत्ननगरमा रहेका छन् ।
यस्तै खैरहनी नगरपालिकामा कुल मतदाता संख्या ४३ हजार ५३१ रहेका छन् । जसमध्ये २२ हजार ७९९ महिला र २० हजार ७३२ पुरुष रहेका हुन् । अघिल्लो स्थानिय निर्वाचनमा भन्दा अहिले १० हजार ८८ मतदाता थपिएका हुन् । खैरहनीमा २०७४ को स्थानीय निर्वाचनमा ३३ हजार २६३ मात्र मतदाता थिए ।
गत स्थानीय निर्वाचनमा भन्दा कालिका नगरपालिकामा अहिले ८ हजार १७० नयाँ मतदाता थपिएसँगै कुल संख्या ३१ हजार १५७ पुगेको छ । जसमध्ये १५ हजार ५९७ महिला र १५ हजार ५७० पुरुष रहेका छन् । अघिल्लो चुनावमा यो संख्या २२ हजार ९८७ थियो ।
राप्ती नगरपालिकामा २० हजार १५४ महिला र २० हजार ४९५ पुरुष गरि कुल मतदाता संख्या ४० हजार ६४९ रहेको छ । अघिल्लो स्थानिय निर्वाचनमा २९ हजार ९९८ जना मतदाता रहेकोमा अहिले १० हजार ६५१ थपिएका हुन् ।
माडी नगरपालिकामा गत स्थानिय निर्वाचनमा भन्दा अहिले ६ हजार ६४७ मतदाता थपिए । १४ हजार ५६२ महिला र १३ हजार ७५८ पुरुष गरि कुल मतदाताको संख्या २८ हजार ३२० पुगेको हो । यो संख्या अघिल्लो निर्वाचनमा २१ हजार ६७३ मात्र रहेको थियो ।
जिल्लाकै एकमात्र गाउँपालिका इच्छाकामानामा पनि ३ हजार ९८० जना नयाँ मतदाता थपिएको सुचना अधिकारी पुर्जाले जानकारी दिए । उनका अनुसार गत स्थानिय निर्वाचनमा ११ हजार ६५४ रहेको मतदाताको संख्या बढेर अहिले १५ हजार ६३४ पुगेको हो ।
उक्त गाउँपालिकामा ७ हजार ३९२ महिला र ८ हजार २४२ पुरुष मतदाता रहेका छन् ।
चितवनमा ८४ हजार भन्दा बढी मतदाता संख्या थपिएपनि मतदान स्थल भने पुरानै अर्थात १६१ नै कायम गरिएको छ । तर मतदान केन्द्र भने ७५ वटा मात्र थप गरिएको सुचना अधिकारी पुर्जाले जानकारी दिए । उनका अनुसार अहिले मतदान केन्द्र ३७६ बाट थप गरेर ४५१ पुर्याइएको छ ।
आगामी वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने पनि उनले बताए । अहिले निर्वाचन कार्यालय चितवन आन्तरिक गृहकार्यमा जुटेको छ । आउदो स्थानिय निर्वाचन कसरी हुन्छ निष्पक्ष र सहज तरिकाले सफल पार्न कार्यालय लागिपरेको पुर्जाले बताए । चितवनमा मुख्य निर्वाचन आयुक्त हेमन्त रावल रहेका छन् । उनी चितवन जिल्ला अदालतका न्यायधीश हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85