चितवन / चितवन रामपुर घर भई हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले २ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम गुरुङले इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि सहयोग गरेका हुन् । उनले पटक पटक गरी उक्त सहयोग रकम पठाएको हो ।
उपचाररत गुरुङ हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेर आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत दुई वर्षदेखि हड्डीको टिबीका कारण थला पर्नुभएकी गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराकी तिर्सना गुरुङको पहलमा उपचारमा भएको हो ।
पुरानो मेडिकल कलेज चितवनमा अपरेशनपछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिए पनि आर्थिक अभावका कारण पीडित गुरुङलाई घर फिर्ता गरिएको थियो । हड्डीको टिबीका कारण शरीरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक वर्ष भइसकेको परिवारको भनाइ छ ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताए । उनको उपचारका लागि ९८६५०८०३५४ मा सम्पर्क गर्नुहुन अपिल गरिएको छ ।
चितवनमा हड्डीको टिबीका विरामीलाई तेजमान गुरुङको पौने ३ लाखको सहयोग
April 1, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
