चितवन / चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको सौराहा फूड फेस्टिवलको रौनक देखिएको छ । रेवान सौराहाले नयाँ बर्षको अबसरमा आयोजना गरेको फेस्टिवलको प्रभावले बुधवार पाँच हजार, विहीबार सात हजार पर्यटक सौराहा भित्रिएको कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए ।
नयाँ बर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएका हुन । तीन बर्षपछि अहिले सौराहामा करिब ८००को हाराहारीमा विदेशी पर्यटक छन् । यो तीन बर्ष यताकै उच्च संख्या रहेको कार्यक्रम संयोजक गिरीले बताए ।
प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फूड फेष्टिवल यस पटक चैत ३० देखि बैशाख २ गतेसम्म तीन दिन आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।
उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन ब्यवसाय पनि सुचारु भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार सजाइएको छ । नयाँ बर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आएका छन् ।
फेष्टिवल अन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको फेस्टिबलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष गिरीले बताए ।
फेस्टिवल अवधि भर कार्यक्रम स्थल देखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातीहरुको झाँकी प्रदर्शन तथा सडकमै खाने र सडमै रमाउने व्यवस्था मिलाइएको छ । नयाँ बर्ष मनाउन आएका पर्यटकहरु फेष्टिवलमा रमाउने वाताबरण बनाइएको छ । सडक किनारमा व्यवसायीले तयार गरेको खानाको स्वाद लिदै विभिन्न जातजातीको संस्कृतिसंग रमाउन सक्ने रेवानका महासचिव सुर्यबहादुर रिमालले बताए ।
सौराहमा फूड फेस्टिवलको रौनकसँगै पर्यटकको ओइरो
April 16, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
