चितवन / चितवन जिल्लामा टाइफाईड रोग बिरुद्धको खोप १ लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाईएको हो । चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म संचालन गरिएको खोप अभियानमा सो संख्यामा बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २ सय १६ जना, खैरहनी नगरपालिकामा १५ हजार २ सय २८ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा ८ हजार ८ सय ४ जना, रत्ननगर नगरपालिकामा २० हजार ५ सय ६२ जना, राप्ती नगरपालिकामा १५ हजार ८ सय ६३ जना, कालिका नगरपालिकामा १२ हजार ५५ जना र इच्छाकामना गाउँपालिकामा ७ हजार २ सय २४ जना बालबालिकालाई खोप लगाईएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिइन् ।
टाइफाइड विरुद्धको खोप ५ सय ४० खोप केन्द्रबाट दिइएको हो । टाईफाईडको समस्या बढी मात्रामा १५ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाईएको उनले जानकारी दिइन् ।
दुषित खानेपानी र दिशा पिसाब गरिसके पछि साबुन पानीले हात नधोई खाने बानि बालबालिकामा बढि हुने भएकाले यो रोगबाट बढिमात्रामा बालबालिका प्रभावित हुने गरेको उनले बताइन् । यो रोग प्रति १ लाख जनसंख्यामा १ हजार ६२ जनामा संक्रमण देखिने गरेको छ ।
१५ वर्ष मुनिका बालबालिका १ लाखमा १ हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उनले बताइन् । राम्ररी पकाएको खाना मात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेको र झिङ्गा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्ने गरि यो रोगबाट बाँच्न सकिने उनले जानकारी दिइन् ।
- ADVERTISEMENT -

पौने दुई लाख बालबालिकाले लगाए टाइफाइड रोग बिरुद्धको खोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.51
151.11

European Euro
1
177.07
177.77

UK Pound Sterling
1
204.87
205.68

Swiss Franc
1
193.46
194.23

Australian Dollar
1
109.21
109.65

Canadian Dollar
1
110.45
110.89

Singapore Dollar
1
118.90
119.37

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.13
22.22

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.29
41.46

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
38.49
38.65

South Korean Won
100
10.37
10.42

Swedish Kroner
1
16.36
16.42

Danish Kroner
1
23.69
23.79

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
491.54
493.50

Bahrain Dinar
1
398.91
400.50

Omani Rial
1
390.90
392.46













