April 29, 2025

चितवनमा मेयर अग्रता : राप्ती शमशेर र महानगर रेनु

May 17, 2022
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिका मेयरमा पाँच दलिय गठबन्धन नेकपा एकीकृत समाजवादीका शमशेर लामाको अग्रता कायमै छ । लामाले ५५२१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कंडेलले ४८१६ मत मात्र प्राप्त गरेका छन् । लामाले कंडेललाई ७०५ मतान्तरणले पछि पारेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले ५२३९ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ५२५० मत प्राप्त गरेका छन् । पाठक र लामाबीच ११ मतान्तर रहेको छ । यो समाचार तयार पारुन्जेल गठबन्धनका मेयर र उपमेयरका उमेदवारले अग्रता लिएका छन् ।
यस्तै भरतपुर महानगरपालिका पाँच दलिय गठबन्धन मेयरका उमेदवार रेनु दाहालले ६२४९ मत प्राप्त गरेका छन् । दाहालका प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ६१४० मत प्राप्त गरेका छन् । दाहाल र सुवेदी बीच १०९ को मतान्तर रहेको छ । दाहाल र सुवेदी निकै प्रतिस्पर्धामा उत्रिएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले भने ३०३८ मत ल्याएका छन् ।
त्यस्तै गठबन्धनका उपमेयर चित्रसेन अधिकारीले ७६११ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका हिमला गुरुङले ५०३२ मत ल्याएका हुन् ।

- ADVERTISEMENT -