२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

राप्ती मेयरमा शमशेर लामा, उपमेयरमा देवेन्द्र लामा निर्वाचित

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते


चितवन । राप्ती नगरपालिकाको मेयरमा पाँच दलिय गठबन्धन नेकपा एकीकृत समाजवादीका शमशेर लामा विजयी भएको छ । मेयरमा लामाले १२ हजार ५ सय २४ मत प्राप्त गरी विजयी भएको हो ।
मेयर लामाका प्रतिद्वन्द्वी एमालेका गोविन्द कंडेलले १२ हजार ५१ मत मत मात्र प्राप्त गरेका हुन् । लामाले कंडेललाई ४ सय ७३ मतान्तरणले पछि पारेका छन् ।
नवनिर्वाचित मेयर लामा राप्ती वडा नं. ४ का निवर्तमान वडाअध्यक्ष समेत हुन् । वडाध्यक्षमा रहँदा उनले गरेको कामले नै उनलाई पुनः विजयी हुन सघाउ पुगेको अनुमान स्थानीयले गरेका छन् ।
त्यस्तै गठबन्धनकै उपमेयरमा नेपाली कांग्रेसका देवेन्द्र लामा निर्वाचित भएका छन् । उपमेयर लामाले १२ हजार ६ सय ८२ मत प्राप्त गरेका हुन् भने उनका प्रतिद्वन्द्वी मेनुका पाठकले १२ हजार ४ सय ४८ मत ल्याएकी हुन् । उपमेयर लामाले र पाठकलाई २ सय ३४ मतान्तरले पराजित गरेका हुन् ।
राप्ती नगरको प्रमुख उपप्रमुखसहित ४ वटा वडा गठबन्धन तर्फबाट नेपाली कांग्रेसले जितेका छन् भने बाँकी ९ वडामा नेकपा एमाले विजयी भएका छन् । राप्ती नगरपालिकाको वडा नम्बर ४,६,५,८,१,२ र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर १३,१२,१०,९ मा नेपाली कांग्रेस विजयी भएका छन् ।
राप्ती वडा नम्बर ११ मा एकीकृत समाजवादीले जित हासिल गरेको छ । त्यस्तै वडा नम्बर ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुमिता डल्लाकोटी विजयी भएकी छिन् ।
राप्ती नगरपालिकामा नेकपा माओवादीका वडाअध्यक्ष तहमा कुनै पनि वडा विजयी भएका छैनन् भने नेकपा माओवादीको प्रतिनिधित्व जनाउँदै दलित सदस्य तर्फबाट दिलकुमारी परियारले ११ नम्वर वडा वाट सदस्यमा विजयी भएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46