२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

चितवनबाट शिक्षणविधि सुधारका लागि अभियान

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते

चितवन / चितवनबाट शिक्षण विधि सुधारका लागि अभियान सुरु भएको छ । राष्ट्रिय शैक्षिक बहस कार्यक्रम गर्दै शैक्षिक संस्थाहरुले शिक्षण विधिबारे सुझाव संकलन सुरु गरेका हुन् । सरस्वती केन्द्र नेपाल, रत्ननगर–१० न्यू स्पिडि बोर्डिङ स्कुल, गैडाकोटको अक्सफोर्ड सेकेण्डरी स्कुल तथा अक्सफोर्ड कलेज, बेटर नेपाल चितवनले शिक्षण विधिबारे बहस चलाउन थालेका छन् । आज (शनिबार) सौराहामा भएको प्रथम राष्ट्रिय शैक्षिक बहसमा शिक्षण विधि सुधार्न सरोकारवालाहरुले सुझाएका छन् ।
शिक्षाविद् डा. वसन्त अधिकारीले शिक्षक केन्द्रीत भन्दा विद्यार्थी केन्द्रीत शिक्षण विधि बनाउनुपर्ने बताउनुभयो । ‘अहिलेको शिक्षण विधि सैद्धान्तिक बढी छ, अब व्यवहारिक विधि चाहिन्छ’, उहाँले भन्नुभयो, ‘देशभरीबाट सुझाव संकलन गरेर सम्बन्धित निकायमा बुझाउनेछौँ ।’ उहाँका अनुसार पाठ्यक्रमलाई ६० प्रतिशत सैद्धान्तिक, २० प्रतिशत जीवनउपयोगी, व्यक्तिगत विकास, सृजनशिलता, नेपाली संस्कार तथा संस्कृति, कृषि तथा पशुपालन सीप सम्बन्धित पाँच–पाँच प्रतिशत हुने गरी बनाउनुपर्ने छ ।
‘एसईई दिएपछि ३ महिना आवासीय सहितको तालिम तथा सीप राज्यतहबाटै दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘कम्तिमा यति गर्न सकिए विद्यार्थीले व्यवहारिक ज्ञान लिन सक्नेछन् ।’ शैक्षिक बहसको उद्घाटन गर्दै बागमती प्रदेश सांसद रिना गुरुङले व्यवहारिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । ‘वर्षौँ लगाएर लिएको ज्ञान व्यवहारिक हुनुपर्छ, सीपयुक्त बन्नुपर्छ, उहाँले भन्नुभयो, ‘परम्परागत शिक्षा प्रणाली अब बदल्नुपर्छ, समय सुहाउँदो पाठ्यक्रम बनाउनुपर्छ ।’
उहाँले शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउनतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । न्यू स्पिडी बोर्डिङका प्रिन्सिपल अर्जुनबहादुर थापाले प्रवचन शिक्षण विधि बदल्नुपर्ने बताउनुभयो । वर्षभरी पढेका कुरालाई ३ घण्टाको परीक्षा लिएर गरिने मूल्यांकन गर्ने विधिलाई पनि सुधार्नुपर्ने बताउुनभयो । अक्सफोर्ड स्कुलका शिक्षक कमलप्रसाद वाग्लेले संस्कृति शिक्षा, नैतिक शिक्षाको खाँचो देखिएको बताउनुभयो ।
विज्ञ लेखनाथ आचार्यले व्यवहारिक ज्ञान दिने गरी पढाउने शैलीहरु अपनाउनुपर्ने बताउनुभयो । रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले परम्परागत शिक्षालाई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रमा विज्ञहरु ताराप्रसाद अधिकारी, प्रोफेसर इञ्जिनियर हरिप्रसाद भण्डारी, चिरञ्जिवी पोखरेल, विष्णु पौडेल लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चितवन र नवलपुरका शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10