चितवन / नृत्य निर्देशक संघ नेपाल (डिड्यान) चितवन शाखा र चितवन डान्स सेन्टर (सीडीसी) क्षेत्रपुरले नवनिर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । भरतपुर वडा नं. १ का वडाअध्यक्ष केशव महर्जन र वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटलाई संयुक्त रुपमा सोमबार उनीहरुकै कार्यकक्षमा स्वागत गरिएको हो ।
नृत्य निर्देशक संघ चितवन शाखाका अध्यक्ष रेनु तामाङ र चितवन डान्स सेन्टरका प्रबन्ध निर्देशक मनोज लामाले वडाअध्यक्षद्वय महर्जन र रानाभाटलाई ढाका टोपी, खादा, अविरद्वारा स्वागत तथा सम्मान गरिएको हो ।
सम्मानित वडाध्यक्षद्वयले नेपाली कला संस्कृति जोगाउन पश्चिमेलीको बढ्दो विकृतिलाई रोक्नु पर्ने र यसका लागि सहयोग र समन्वयका लागि साथ दिने प्रतिबद्धता व्यक्त गरे । कला, संस्कृतिको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रममा सल्लाह, सहयोग र समन्वय गर्दै अघि बढ्ने उनीहरुको भनाइ थियो ।
ढाका टोपी नेपाली कला र संस्कृतिको प्रतिक भएकोले यसको प्रयोग उत्तम भएको अध्यक्ष तामाङले बताइन् । ढाकाको सम्मानले जिम्मेवारी बोध हुने उनले जिकिर गरिन् ।
डिड्यान र सीडीसीको वडाध्यक्षद्वय महर्जन र रानाभाटलाई स्वागत तथा सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
