काठमाडौं / नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ ।
त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको निगमले जनाएको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।
निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा रहेको निगमले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

इन्धनमा पुनः मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बृद्धि
June 2, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
