चितवन / चितवनको भरतपुरमा पेस्तोलसहित एक जना पक्राउ परेको छ । भरतपुर महानगरपालिका–४ स्थित श्रृष्टि चोकबाट कटुवा पेस्तोलसहित एक जनालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर वडा नम्बर ६ बस्ने ४० वर्षीय दीपक पुनमगर हुन् । रामपुरबाट चौबिसकोठीतर्फ आउँदै गरेको ना४५प २७१ नम्बरको पल्सर मोटरसाइकल जाँच गर्दा मगरको साथमा पेस्तोल फेला परेको हो ।
कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार पक्राउ परेका मगरलाई हातहतियार तथा खरखजना कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।
चितवनमा कटुवा पेस्तोलसहित एक पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
