हेटौंडा / मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४÷१४ प्रहार भएको थियो । आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्रै गोल भयो । अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो ।
खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातीमै आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेन्जनले गोल गरेका हुन् ।
खेलको अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बाँकी रहँदा एभिनियरका डिजिकाले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय यूथसँग प्रतिस्पर्धा गर्नेछ ।
विजय यूथले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेन्जन भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
मकवानपुर गोल्डकपको फाइनलमा आर्मी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.08
152.68

European Euro
1
177.09
177.79

UK Pound Sterling
1
205.24
206.05

Swiss Franc
1
194.64
195.41

Australian Dollar
1
109.03
109.46

Canadian Dollar
1
110.10
110.54

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.57
9.61

Chinese Yuan
1
22.42
22.50

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.72
41.88

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.40
41.57

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.04
10.08

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.70
23.79

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.86
497.82

Bahrain Dinar
1
403.40
404.99

Omani Rial
1
395.01
396.57












