March 15, 2025
- ADVERTISEMENT -

‘सशस्त्र प्रहरीको काम उत्कृष्ट’

June 12, 2022

चितवन / गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधनका बाबजुत पनि सशस्त्र प्रहरीले उत्कृष्ट काम गरेको बताएका छन् । इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा शनिबार गोताखोर तालिमको समापन कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोतसाधनबीच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएको बताएका हुन् ।
उनले आवश्यक स्रोतसाधनका साथै प्रशिक्षकलाई थप सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताए। विपद् व्यवस्थापन शिक्षालयका लागि आवश्यक स्रोत साधन उपकरण, प्रशिक्षकलाई थप सेवा–सुविधा बढाउनुपर्ने देखिएको समेत बताए। त्यसका लागि मन्त्रालय र प्राधिकरणले आवश्यक कार्य गर्नुपर्ने उनको भनाइ छ ।
स्थापनाकालदेखि नै सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले प्राकृतिक विपद्मा नागरिकको जीवनरक्षा गर्नेजस्ता महत्त्वपूर्ण काम गर्दै आएकामा धन्यावाद दिए। –रासस

- ADVERTISEMENT -