२०८२ असार ३०, सोमबार
July 14, 2025
२०८२ असार ३०, सोमबार
July 14, 2025 Monday

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ को सन्दर्भमा उठेका प्रश्नमाथि मन्त्रिहरुले जवाफ दिने कार्यसूचि रहेको छ । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
सोमबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -