चितवन / जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख, उपप्रमुखसहितका पदमा १६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो ।
जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र नेकपा (एमाले) बाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।
यस्तै उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की कल्पना काफ्ले सापकोटाको उम्मेदवारी परेको छ । सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेलको उम्मेद्वारी परेको छ ।
नेकपा (एमाले) बाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ । त्यसैगरि तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एस) की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ ।
एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेद्वारी परेको छ । एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन् ।
निर्वाचन तालिका अनुसार आज (सोमबार) विहान १०–११ बजे भित्रमा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ ।
सोमबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ । नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ ।
मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिनेछन् । गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले) को समान ७ भोट रहेको छ । निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धनले भरतपुर महानगरपालिकाको प्रमुख, उपप्रमुख, राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुख, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको प्रमुख, माडी नगरपालिकाको उपप्रमुख जितेको थियो ।
नेकपा (एमाले) ले कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुख, माडी नगरपालिकाको प्रमुख, रत्ननगर र खैरहनी नगरपालिकाको उपप्रमुख जितेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जिसस चितवनमा १६ जनाको उमेदवारी, उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












