चितवन / बागमती प्रदेश सरकारले चितवनका विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले आज (आइतबार) प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा सौराहा–कुमरोज–प्यारीढाप–कुचकुचे क्षेत्रमा वन्यजन्तु अवलोकनस्थलका लागि बजेट विनियोजन भएको छ । देवघाट क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारले बजेट व्यवस्था गरेको छ । नारायणी नदीमा जल पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेट छुट्याइएको छ ।
भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । माडीमा कभर्डहल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।
रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न रु तीन करोड ९४ लाख बजेटको व्यवस्था गरिएको छ । चितवनसहित मकवानपुर र ललितपुरस्थित जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा स्तरोन्नति गर्न भौतिक पूर्वाधार विकास निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय निर्माण गरिने, चेपाङ संरक्षित क्षेत्र विशेष कार्यक्रम लागू गर्ने, सीमान्तकृत बस्तीमा एकीकृत बसोबासका लागि बजेट विनियोजन गरिएको छ । जसमा मकवानपुर, चितवन र धादिङका लागि रु पाँच करोड विनियोजन गरिएको हो ।
नारायणी लिफ्ट र खगेरी सिँचाइका लागि रु १५ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वी राप्ती सिँचाइ सबलीकरणका लागि बजेटमा व्यवस्था गरिएको छ ।(रासस
- ADVERTISEMENT -

बागमती प्रदेश बजेट : चितवनमा कहाँ र कति ?

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51











