चितवन / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।
भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले सङ्घ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामुहिकतामा नै जाने बताए ।
देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उनले भने, “अहिले पनि समस्या र चुनौति त छन्, यद्यपि गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।” अहिले देशमा एक्लै हिँड्ने प्रवृत्ति र मिलेर हिँड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उनले बताए । हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उनले भने, “हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ । अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ ।” एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उनले बताए ।
स्टेर्ट पार्टनरसिप प्रोग्राम (एसपिपी) पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएको उनले बताए । उनले भने, “राष्ट्रवादको ढोङ्को पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु ।”
अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूले पहल थाल्ने बताए । भरतपुर महानगरपालिकामा विगतमा भएका विकासको प्रशंसा गर्दै उनले यसअघि पहिलो प्रथामिकता सडक रहेको भन्दै अबको प्रथामिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्यायतर्फ केन्द्रित हुनुपर्ने बताए । विकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको विकास देशकै लागि नमूना बन्ने बताए ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको वर्तमान अवस्था, उपलब्धि र अबको कार्यदिशाका बारेमा प्रकाश पारेका थिए । महानगरपालिकामा चालु अवस्थामा रहेका मुख्य आयोजना र नयाँ कार्यक्रमको बारेमा विस्तृत जानकारीसमेत सो अवसरमा प्रमुख दाहालले गराएकी थिइन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रचण्डले भने, ‘संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि पनि गठबन्धन रहने छ’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













