२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

खुट्टा चिप्लिएर बसका सह–चालक खहरे खोलामा बेपत्ता

प्रकाशित मिति : २०७९ असार ५ गते

चितवन / चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित एक बसका सह–चालक चिप्लिएर खहरे खोलामा बेपत्ता भएका छन् । आज (आइतबार) राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा चिप्लिएर बेपत्ता भएका हुन् ।
काठमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक कैलाली गोदावरी नगरपालिका बस्ने बर्ष ३५ का तेजबहादुर बोहरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
बसको ढोकाबाट झरेर चाउचाउ किन्न भनेर निस्किएका बोहोरा खहरे खोलामा चिप्लिएर झरेको र खोलामा एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ ।
बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली मगाईएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ६ घण्टा पहिरोले सो सडक खण्ड अवरुद्ध भएपछि अहिलेसम्म सवारी चापका कारण सडक अस्तव्यस्त बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -