२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री गर्ने पाँच जना पक्राउ

प्रकाशित मिति : २०७९ असार ६ गते
Sketch

काठमाडौँ / विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–२ स्थित कित्ता नं ३४४ को क्षेत्रफल रहेको जग्गा बिक्री गर्ने पाँचजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा दार्चुला मालिकार्जुन गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई हाल ललितपुरको सुनाकोठी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका घर भई हाल काठमाडौँ वनस्थली बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौँको तारकेश्वरकी ५८ वर्षीय ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् । तीमध्ये महावीर चन्दलाई काठमाडौँको मनमैजु, गणेश खनाल र बाबुराम कार्कीलाई चितवनको भरतपुर, प्रेमप्रसाद खनाल र ममता भन्ने डासीमाया श्रेष्ठलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो ।
लोहनीले विसं २०६१ माघ १० गते किनेको उक्त जग्गा विसं २०७९ जेठ ५ गते जापानबाट काठमाडौँ आएर जग्गालाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उक्त जग्गा नक्कली कागजपत्र बनाएर विक्रीवितरण गरेको खुलेपछि लोहनीले प्रहरीमा उजुरी दिनुभएको थियो ।
उक्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई काठमाडौँका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये महावीर चन्द लोहनीको नक्कली श्रीमान् बनेर नक्कली मृत्युदर्ता, नक्कली नाता प्रमाणित र नक्कली नागरिकता बनाएर जग्गा आफ्नो नाममा नामसारी गरेको अनुसन्धानमा खुलेको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो । नक्कली श्रीमान् बनेका चन्दले तारानिधि लोहनीका नाममा जिल्ला प्रशासन कार्यालय लमजुङको ४२५६÷४०७ नंको कीर्ते नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ ।
“उक्त जग्गा विसं २०७७ माघमा नक्कली श्रीमान् तारानिधिले आफ्नो नाममा नामसारी गरी विसं २०७७ फागुन १५ गते भक्तपुरको सुनिता कर्माचार्यलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता महतोले भन्नुभयो ।
उक्त जग्गा हालसम्म पाँच जनाका नाममा बिक्री वितरण भइसकेको ब्यूरोले जनाएको छ । उक्त जग्गाको मूल्य हाल रु सात करोड बराबर रहेको बताइएको छ ।
प्रहरीले पक्राउ परेका विभिन्न व्यक्तिका नाममा जारी गरिएका नक्कली नागरिकता चार थान, नक्कली तारानिधि लोहनीका नाममा जग्गाधनी प्रमाण पुर्जा एक थान, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जाको प्रतिलिपि सात थान, विभिन्न व्यक्तिको पासपोर्ट साइजका फोटो ६० थान बरामद गरेको छ ।
यसैगरी विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गाधनी दर्ता स्रेस्ता पुर्जा तथा जग्गाको नक्साको प्रतिलिपि १२ थान, विभिन्न कम्पनीका मोबाइल १४ थान, विभिन्न सेवा प्रदायक कम्पनीको सिम २९ थानसमेत बरामद गरेको हो ।
पक्राउ व्यक्तिले विभिन्न स्थानका अन्दाजी चार बिघा जग्गा विभिन्न कीर्ते कागजातका आधारमा नक्कली कम्पनी तथा जग्गा धनीसमेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रवक्ता महतोले बताउनुभयो ।(रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39