२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अक्षयकोष स्थापनाका लागि तमू संचारकर्मीलाई १ लाख सहयोग प्राप्त हुने

प्रकाशित मिति : २०७९ असार ७ गते

चितवन / बागमती प्रदेश सभा सदस्य रीना गुरूङबाट तमू सञ्चारकर्मी संघ (एटजोन) चितवनको लागि अक्षयकोष स्थापनापनार्थ १ लाख सहयोग प्राप्त हुने भएको छ ।
प्रदेश सभा सदस्य गुरुङले सोमबार संघको जिल्ला शाखाको पदाधिकारी तथा केन्द्रीय समितिका सचिव तथा कार्यसमिति सदस्यहरूसँगको विशेष भेटका क्रममा सो सहयोग गर्ने बताएका हुन् ।
राप्रपाकी केन्द्रीय सह–महामन्त्रीसमेत रहेकी सांसद गुरूङले संघको लागि पूर्ण समर्थन र सहयोग गर्न तयार रहेको बताइन् । चितवन जिल्लामा पनि तमू (गुरूङ) समुदायबाट सञ्चारकर्ममा लागेका व्यक्तिहरूको उत्थान र संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिदिने योजना बनाएको उनले बताइन् ।
‘मेरो सोच र योजना धेरै पुरानो हो, तर बल्ल अवसर जुरेको छ,’ उनले भनिन्, ‘म आफैँ पनि सञ्चारकर्ममै रहेको व्यक्ति भएकोले आफ्नै क्षेत्रको लागि केही न केही गर्नुपर्छ भनेर लागेकी छु ।’
भेटघाटमा एटजोन चितवनका अध्यक्ष तुलमान गुरूङ, सचिव राजनदिल गुरूङ, सह–सचिव गीता गुरूङ, सदस्यहरू ममता गुरूङ र कमला गुरूङ तथा केन्द्रीय सचिव चित्र ‘सोल्टी’ गुरूङ, केन्द्रीय सदस्य सीतादेवी तमुस्यो, तमू (गुरूङ)लगायतको उपस्थिति थियो ।
संघको लागि तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले कार्यालय समेत उपलब्ध गराएको छ । महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू ह्युल छोँज धीँ चितवनले निर्माण गरेको संग्रहालय भवनमा कार्यालयको लागि कोठा उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर गुरूङले बताए ।
यस्तै संघको कार्यालय संचालनका परिषद्ले कोठा उपलब्ध गराइसकिएकोले छिट्टै एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन र संचालन गरिने तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपाल चितवनका अध्यक्ष तुलमान गुरुङले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72