२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बलेफी गाउँपालिकाको ११ औँ गाउँ सभा बहिस्कार

प्रकाशित मिति : २०७९ असार १० गते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको ११ औँ गाउँ सभा बहिस्कार गरेका छन् । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट विनियोजनमा राखेका मागहरू सम्बोधन नभएपछि उपाध्यक्ष सरु लामासहित २८ जना सदस्यहरूले हस्ताक्षर गरी गाउँसभा बहिस्कार गरेका हुन् ।
गाउँ सभाका सदस्यहरूले उठाएका मागहरू उपर अध्यक्षले बेवास्ता गरेकाले सभा बहिस्कार गरेको पालिका उपाध्यक्ष लामाले जानकारी दिइन् । उनका अनुसार असार १२ गतेसम्म गाउँ सभा स्थगित गरिएको बताइन् ।
उनीहरूले बलेफी गाउँपालिकालाई कर मुक्त घोषणा गर्नुपर्ने‚ वडामा जनप्रिय योजनाहरूमा बजेट विनियोजन गर्नुपर्ने‚ हालसम्म निर्माण भएका वडा कार्यालयहरू १‚२‚७ र ८ मा भवन निर्माण गर्नुपर्ने र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने मागहरू अघि सारेका थिए ।
वडा नं १ का अध्यक्ष हुपबहादुर खड्काका अनुसार हामीले अघि सारेका मागहरू माथि छलफल नै नभएपछि गाउँ सभा बहिस्कार गर्न बाध्य भएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङका अनुसार बजेटको सिलिङअनुसार निर्धारित भन्दा बढी बजेट माग भएकाले केही मागहरू सम्बोधन नभएको बताए । कार्यपालिकामा उनीहरू बहुमत भएकाले यो नीति तथा कार्यक्रम पास गर्न नदिएको र नाटकीय ढङ्गले बहिस्कार गरेको उनले दाबी गरे ।
उनले भने‚ ‘३ दिनसम्म बजेटमाथि छलफल‚ सरसल्लाह गरेर बजेट ल्याएको थियो तर यसमा उनीहरू अझै चित्त नबुझेकाले बहिस्कार गरेका हुन् । ’ अझै पनि छलफल गर्न सकिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34