चितवन / मोटरसाइकल तथा स्कुटर चोरी गरी बिक्री तथा खरिद गरेको आरोपमा ६ जना पक्राउ परेको छ । पक्राउ परेका उनीहरु २२ देखि ३१ उमेर समूहका रहेका छन् ।
चितवन प्रहरीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट चार मोटरसाइकल र एक स्कुटरसहित पक्राउ गरेको हो । पछिल्लो समय मोटरसाइकल र स्कुटर चोरीको घटना बढ्दै गएको पाइएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए ।
प्रवक्ता अधिकारीका अनुसार मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरी विक्री गर्ने गरेको आरोपमा भरतपुर महानगरपालिका–१६ घर भई हाल भरतपुर–११ बस्ने २२ वर्षीय सङ्कल्प पनेरु र बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ घर भई भरतपुर–११ बस्ने २४ वर्षीय जीवन पौडेललाई पक्राउ गरिएको छ ।
भरतपुर–९ स्थित डेरामा चोरी गरी ल्याएको ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरलाई परिवर्तन गरी बा प्र ०३ ००१ प ८९५ को नम्बर प्लेट लगाइएको अवस्थाको क्रसफायर मोटरसाइकलसहित उनीहरु पक्राउ परेको हो ।
असार १२ गते पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको उक्त क्रसफायर मोटरसाइकल माडी नगरपालिका–९ बस्ने ३१ वर्षीय विजय दुरालाई ६० हजार रुपैयाँमा विक्री गरेको उनले बताए । दुरालाई नगद ३६ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।
उनै व्यक्तिहरूले ९ असारमा भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरलाई प्रदेश ३–०३–००१ प २८८८ नम्बरमा परिवर्तन गरी भरतपुर–२४ बस्ने २५ वर्षीय जनमराज पुरी र मकवानपुर मनहरी गाउँपालिका–३ घर भई भरतपुर–२४ बस्ने २१ वर्षीय सुशील पुरीलाई विक्री गरेका थिए ।
जनमराज र सुशीललाई उक्त मोटरसाइकलसहित भरतपुर–२४ बाट पक्राउ गरिएको अधिकारीले बताए । त्यस्तै, २ असारमा भरतपुर–२ क्षेत्रपुर स्थितबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटरको खोजतलास गर्ने क्रममा उक्त स्कुटरको नम्बर परिवर्तन गरी प्रदेश २–०११–००२ प ६०२५ नम्बरको प्लेट लगाई स्कुटरको रङसमेत परिवर्तन गरिएको अवस्थामा बारा पर्सौनी गाउँपालिका–१ घर भई भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई स्कुटरसहित पक्राउ गरिएको उनले जानकारी दिए ।
यस्तै असार १४ मा भरतपुर–५ स्थितमा मोटरसाइकल चोरी गरी ल्याएको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले प्रदेश २–०३–००१ प ४०५६ नम्बर लगाइएको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
उक्त मोटरसाइकल चोरी गर्ने मानिस प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल बाटोमा नै छाडी फरार भएको र हाल उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । यसअघि गत असोज महिनामा सञ्चालित ‘चार्ली माइक’ अभियानबाट १४ जना व्यक्तिहरू पक्राउ परेका थिए । तीमध्ये केही धरौटीमा छुटेका छन् भने केही कारागारमा छन् ।
- ADVERTISEMENT -

चितवनमा मोटरसाइकल र स्कुटर चोरी बढ्दै, ६ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












