काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ¥याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् । उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन् ।
‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन् । यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए ।
उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए । यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताएका थिए । यसरी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भएको थियो । विरोधपछि महानगरपालिकाको बजेट प्रयोग गरी सालिक बनाउने निर्णयबाट उनी पछि हटेका हुन् ।
उनले यम बुद्धको सालिक बनाउनेबारे सार्वजनिक गरेपछि सेतोपाटीले बालेनको सचिवालयका स्वकिय सचिव भूपदेव शाहलाई सोध्दा उनले ‘¥यापर यमबुद्धको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागेको’ पुष्टि गरेका थिए ।
’यमबुद्धको शालिक निर्माण गर्न महानगरबाटै बजेट राखेका छौं,’ उनले भनेका थिए, ‘दसदेखि पन्ध्र लाख रूपैयाँसम्ममा सालिक बनाउने कार्यक्रम छ ।’
सालिक कहाँ स्थापना गर्ने भन्ने चाहिँ यकिन भइसकेको छैन । ‘सडकमा जथाभावी राख्ने छैनौं । जुन ठाउँमा अर्थपूर्ण हुन्छ, त्यहीँ राख्छौं । हिपहिप संगीतसँग जोडिएको स्थानमा राख्ने हाम्रो योजना छ,’ उनले भनेका थिए ।
यमबुद्धले नेपाली हिपअप संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक बनाउन लागेको भूपदेवको भनाइ छ । लन्डनमा आत्महत्या गरेका यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो ।
वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













