२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा दिनभर लोडसेडिङ, विद्युत कर्मचारी जाँडपाटीमा

प्रकाशित मिति : २०७९ असार ३२ गते

चितवन / नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा खसी काटेर दिनभर जाँडपाटी गरिएको छ । कार्यालय समयमै कार्यालय प्रमुख राजिवकुमार सिंहसहित कर्मचारी र केही बाहिरका मानिस समेत सहभागी गराएर शुक्रबार जाँडपार्टी गरिएको हो ।
कार्यालयले मर्मतका लागि भन्दै शुक्रबार नारायणगढ लगायतका क्षेत्रमा लाइन काटेको थियो । दिनभर लाइन काटिँदा गर्मीका कारण नागरिकले सास्ती पाएका थिए । उक्त दिन भरतपुरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस रहेको थियो ।
तर विद्युतका कर्मचारी लाइन छिटो दिने भन्दापनि दिनभर खसी काटेर जाँडपाटी गर्नमै व्यस्त थिए । असार मसान्तको क्लोजिङ भन्दै पार्टी गरिएको कार्यलय प्रमुख सिंहले बताए ।
कार्यालय समयमा कार्यालयभित्रै रक्सी पार्टी भएको जानकारी पाएर फोटो खिच्न र समाचार संकलनका लागि पुगेका नारायणी अनलाइन पत्रकार कृष्ण आचार्यलाई रक्सीले मातेका कर्मचारीले कुटपिट र दुव्र्यवहार समेत गरेका छन् । उनीहरुले आचार्यसंग रहेका दुईवटा मोवाइल खोसेका छन् भने जाँड पाटीको फुटेज र फोटो डिलिट गरेका छन् ।
कार्यालयभित्र हामी राजा हो भन्दै एक्कासी फोटो र भिडियो किन खिचेको भन्दै आक्रमणमा उत्रिएको पत्रकार आचार्यको भनाइ छ । उनले ७÷८ जना जाँडले मातिएका कर्मचारीले कुटपिट गर्दापनि भागेर ज्यान जोगाउन सफल भएको बताए ।
कार्यालय प्रमुखकै निर्देशनमा कार्यालयको मुख्य गेट नै लगाएर कुटपिट गरिएको आचार्य बताए । उनले भने, ‘कार्यालय प्रमुख सिंहको नेतृत्वमै घटना भएको छ, उनले नै आक्रमण गर्न निर्देशन दिएका हुन् ।’
घटनापश्चात नेपाल पत्रकार महासंघको टोली प्रहरीसहित उक्त स्थानमा पुगेको थियो । तर त्यतिबेला जाँड खाएका सबै कर्मचारी भागेका थिए भने नखाएका केही मात्र कार्यालयमा देखिन्थे ।
उनीहरुले रक्सीका बोतल र खाएका पिलेट नजिकैको झाडीमा फालेको भेटिएको थियो । पत्रकार आचार्यलाई दुव्र्यवहार गरेका ठाँउमा रक्सी र खानेकुरा पोखिएको छ । कार्यालयको दिनभरको सिसिटिभी समेत डिलिट गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68