२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

नवजागृति वनबाट ६७.६५ क्युफिट सालको काठसहित बोलेरो बरामद

प्रकाशित मिति : २०७९ असार ३२ गते
File photo.
- ADVERTISEMENT -

चितवन / चितवनको एक सामुदायिक वनबाट ६७ दशमलब क्यूफिट सालको गोलियासहित बोलेरो गाडी बरामद भएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित नवजागृति वनबाट सो परिमाणको अवैध काठ बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी गस्ती टोलीले सो सामुदायीक वनमा अबैध रुपमा ना ४ च ४४१२ नं. को बोलेरो गाडीमा ओसार पसारको लागि लोडगरी राखेको सालको काठ ६७.६५ क्युफिट फेला परेको हो ।

उक्त काठ र गाडी बरामद गरी आवश्यक कारवाहीको लागि आज डिभिजन वन कार्यालय भरतपुर चितवन पठाउन लागिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -