२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

बागमती प्रदेशसभाको २६ औं बैठक बस्दै

प्रकाशित मिति : २०७९ श्रावण ५ गते
- ADVERTISEMENT -

मकवानपुर । बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक आज बिहीबार बस्दैछ । गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको असार २९ गते बसेको बैठकले संसद् चल्न नसकेको अवस्थामा सरकार संचालन र दैनिक काम कारवाहीका लागि ल्याइएको विभिन्न ५ वटा अध्यादेश स्वीकृत भएको थियो ।

उक्त बैठकमा सरकारले ल्याएको अध्यादेशहरूको प्रतिस्थापन विद्येयकमाथि छलफल हुने कार्य सूची रहेको छ ।

यस्तै, बैठकमा सरकारको तर्फबाट संसद्मा पेश भएर समितिमा समेत छलफल भई प्रतिवेदन तयार भइसकेकाको प्रदेश ब्यूरो परिषद् गठन सञ्चालन विद्येयक पेश गर्ने तयारी रहेको जनाइएको छ ।

- ADVERTISEMENT -