२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

२६ वर्षदेखि फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ श्रावण ५ गते
- ADVERTISEMENT -

सिन्धुली / २६ वर्ष अघि ४ वर्ष कैद सजायको फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादी पक्राउ परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ का ५६ वर्षका डोल्के भनिने चन्द्रमान बम्जनलाई प्रहरीले गएको साउन ३ गते मंगलबार पक्राउ गरेको हो ।
आगलागी मुद्धामा जिल्ला अदालत सिन्धुलीबाट वि.स. २०५३ साल भदौं २३ गतेको फैसलाले ४ वर्ष कैद सजायको फैसला भई हालसम्म फरार रहेका बम्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी क्यानेश्वरबाट खटिएका सादा पोसाकका प्रहरीको टोलीले पक्राउ गरेका सिन्धुलीका प्रहरी नायव उपरिक्षक(डिएसपि) मनोज कुमार लामाले जानकारी दिए ।
बम्जनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको डिएसपि लामाले बताए । डिएसपि लामाका अनुसार पक्राउ परेका बम्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुलीमा बुझाइएको छ ।

- ADVERTISEMENT -