रत्ननगर / पर्यटकीय क्षेत्र रत्ननगर ६ बछौलीमा रहेको थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र परिसरमा शनिवार वृक्षरोपण गरिएको छ । थारु कला र संस्कृतिको जर्गेना गर्दै आइरहेको संग्रहालयलाई हरियाली र सुन्दर बनाउनको लागि वृक्षरोपण गरिएको संग्रहालयका सचिव दिपेन्द्रकुमार चौधरीले जानकारी दिए ।
परिसरमा कलमी आप, लिचि र एभोकाडो लगायत फलफुलको विरुवा वृक्षरोपण गरिएको हो । सो अवसरमा ६० थान फलफुलका विरुवाहरु स्थानीय महिला समुहहरुलाई वितरण गरिएको थियो ।
फलफुलका विरुवाहरु वितरण गर्दै संग्रहालयका अध्यक्ष खिलेन्द्रराज चौधरीले बढ्दो जलवायू परिवर्तन न्यूनीकरण गर्न विरुवाको अत्यन्तै महत्व भएकोले राम्रोसँग मलजल गर्नुहुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा संग्रहालयका सदस्य तथा स्थानीय महिला समूहहरुको उपस्थिति रहेको थियो ।
थारु संग्रहालय परिसरमा वृक्षरोपण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
