September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा रगतको अभाव कम १०१ जनाद्वारा रक्तदान

August 1, 2022

चितवन / चितवनमा विभिन्न सात लायन्स क्लब तथा एक लियो क्लबको संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेका हुन् ।
चितवनमा भएको रगतको चरम अभावलाई कम गर्न भन्दै संयुक्त रुपमा रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब डिष्ट्रिक ३२५ आर नेपालका गभर्नर सिद्धार्थलाल चुकेले जानकारी दिए । गभर्नर चुकेले नै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
चुकेले आउँदा दिनहरुमा पनि सामाजिक कार्यहरुमा लायन्स र लियो क्लब हातेमालोे गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । रक्तदानले कसैको जीवन बाँच्ने भएकाले सबैले हातमा हात मिलाएर सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पूर्वगभर्नर राजकुमार श्रेष्ठ, क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, डिष्ट्रिक एजुकेटिभ चिफ हरिप्रसाद घिमिरे, कृष्ण पाण्डे, शारदा शर्मा पौडेल, रिजन चियर पर्शन बिनु रायमाझी पौडेल, लायन्स क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट सागर पोख्रेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रममा लायन्स क्लब अफ चितवन गोल्डेनका प्रेसिडेन्ट विनोदचन्द्र हमाल, लायन्स क्लब अफ भरतपुर फ्रेन्ड्सका प्रेसिडेन्ट सुमन श्रेष्ठ, लायन्स क्लब अफ भरतपुर चौतारीका प्रेसिडेन्ट रीता कँडेल, लायन्स क्लब अफ भरतपुर स्मार्ट ओमेनका प्रेसिडेन्ट सावित्री रेग्मी त्रिपाठी, लायन्स क्लब अफ चितवन ताराका प्रेसिडेन्ट शुवास सिलवाल, लायन्स क्लब अफ भरतपुर ईन्द्रेणीका प्रेसिडेन्ट नारायण गिरी तथा लियो क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट कृष्ण रिमाल ‘ह्यारी’ लगायतको उपस्थिति थियो ।