मकवानपुर / बागमती प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ मा अपराध सम्बन्धी मुद्दा दर्ता बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यस वर्ष बढेको पाइएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार प्रदेशको काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा दर्ता बढेको हो ।
अघिल्लो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा अपराध सम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्षमा भने मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै मुद्दा फछ्र्यौट भएको छ । गत आर्थिक वर्षमा अपराध सम्बन्धी ४ हजार ४०५ वटा मुद्दा दर्ता भएकोमा २ हजार ५११ वटा फछ्र्यौट गरिएको छ भने १ हजार ८९४ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।
त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा दर्ता भएका ४ हजार ३४३ वटा मुद्दामध्ये २ हजार ३६६ वटा फछ्र्यौट गरिएको थियो भने १ हजार ९७७ वटा मुद्दा गत आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएको थियो ।
- ADVERTISEMENT -

बागमती प्रदेशमा अपराधसम्बन्धी ४४ सय बढी मुद्दा दर्ता
August 7, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
