२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा वृहत र्याली सम्पन्न, पाका उमेरकालाई सम्मान

प्रकाशित मिति : २०७९ श्रावण २२ गते

चितवन / अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर चितवनमा वृहत र्याली सम्पन्न भएको छ । बेटर चितवनको आयोजनामा ‘युथवन’ कार्यक्रम अन्र्तगत शनिबार साइकल र्याली कार्यक्रम सम्पन्न भएको हो ।
उक्त साइकल र्याली भरतपुरको केन्द्रीय टर्मीनल बसपार्कबाट सुरु भएको हो भने उद्घाटन भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले गरेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख अधिकारीले भरतपुर महानगर साइकल लेनसहितको सडक निर्माणमा अगाडि बढेको बताए । उनले भरतपुरमा साइकल लेनसहितको सडक निर्माणको खाका यसअघि नै कोरिसकिएको भन्दै अब निर्माण हुने नयाँ सडकहरुमा अनिवार्य साइकल लेनसहित रहने प्रष्ट पारे ।
साइकल र्यालीले समाजमा संस्कृतिको प्रवद्र्धन गर्न सघाउन पुग्ने उनको भनाइ थियो । ‘साइकल चढ्नु, केवल साइकल चढ्नु मात्रै होइन । साइकल संस्कृति स्थापित गर्नु पनि हो ।’ उनले भने ।
‘प्रकृतीसँग साइकल’ नारा दिएर गरिएको र्यालीमा चितवन र गैंडाकोटका एक सय भन्दा बढी साइकल यात्रीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक विपीन भण्डारीले जानकारी दिए ।
पाका उमेरका साइकल यात्रीलाई सम्मान
साइकल र्यालीमा चितवनमा साइकल संस्कार प्रवद्र्धन गर्न योगदान पुर्याउने ८ जना पाका उमेरका साइकलयात्रीलाई सम्मान गरिएको छ ।
भरतपुर–१३ छितामाइमा साइकल र्यालीको समापन कार्यक्रममा सोही वडाका नन्दलाल सुवेदी, यादव अधिकारी, बिकराम महत्तो, उदयराज सापकोटा, टिकाराम घिमिरे,उमराज सिग्देल,एकलाल भण्डारी र शंकर महत्तोलाई सम्मान गरिएको हो ।


चितवनमा वर्षौदेखि अनवरत रुपमा साइकल चलाउर्दै आएका ६० वर्ष माथिका पाका साइकलयात्रीको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक भण्डारीले बताए ।
‘चितवनमा साइकल सस्कृति प्रवद्र्धन र युवालाई साइकल संस्कार सुरक्षित हस्तान्त्रण गर्न उहाँहरुले पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरेका हौ’ उनले भने । साइकल र्याली कार्यक्रममा साइकल सस्कृति प्रवद्र्धन जुटेको एक सपना साइकल र सफा नेपाल लगायत चितवनका विभीन्न संघसंस्थाहरुको समन्वय रहेको थियो ।
यस्तै कार्यक्रमलाई डिआर साइकल स्टोर्स, एमटिबी बग, हेरचाह हेल्थ क्लिनीक, सम्पूर्ण किताब, निप्पोन एजुकेसनल कन्सलटेन्सी, भिट्टो एजुकेसन, माली दाइ र नेपाल विकास समाज लगायतका विभीन्न संघ संस्थाहरुको विशेष सहयोग रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36