चितवन / मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । ह्युमन नेपाल कैलालीद्वारा आयोजित मानसिक रोगको समस्या, रोकथाम, उपचारबारे विषय प्रशिक्षण रत्ननगरमा दिइएको थियो ।
रत्ननगर मेलमिलाप केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मी चौधरीले महिला, वालवालिका मनोवैज्ञानिक रोगले ग्रसित र चिन्तत बनेको बताईन् ।
उनले भनिन्, ‘अन्य रोग लागेमा औषधि उपचार गरेर निको हुन्छ, मानसिक रोग लागेमा औषधि उपचारले निको हुँदैन ।’ यसलाई राज्यले विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा ह्युमन नेपाल कैलालीका अध्यक्ष उमेश सिवाकाटीले समाजमा रहेको मानसिक व्यक्तिहरुको स्तर उन्नतीका लागि यस किसिमका कार्यक्रमले मद्धत पुग्ने बताए । शिक्षक तथा विद्यार्थीहरुलाई मनोसामाजिक शिक्षाबारे जानकारी गराउनुका साथै प्रहरीसंगको सहकार्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने उनले बताए ।
सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारीले चितवनमा दैनिक आत्महत्याका घटनाहरु बढिरहेकाले कार्यक्रम प्रसंशा लायक भएको बताए ।
ह्युमन नेपालका मनोविद् प्रेमनाथ भट्टराईले कार्यक्रममा प्रशिक्षण दिएका थिए । विश्वमा करिव २० देखि ३० प्रतिशत जनसंख्या मानसिक स्वास्थ्य समस्याबाट पिडीत रहेको प्रशिक्षणका क्रममा उनले बताए ।
नेपालमा प्राथमिक स्वास्थ्यकेन्द्र आउने ४० प्रतिशत सेवाग्राहीहरु मानसिक स्वास्थ्य लिएर आउने गरेको उनको भनाई छ । मानसिक स्वास्थ्य सेवा चाहिने मध्ये ९० प्रतिशत उपचारको पहुँचमा नरहेको उनले बताए ।
- ADVERTISEMENT -

चितवनमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













