२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा प्रतिनिधि र प्रदेश सभाको नौ मतदानस्थल स्थानान्तरण

प्रकाशित मिति : २०७९ श्रावण २२ गते

चितवन / आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ ।
मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार दुई वटा केन्द्रको त्रुटी सच्याउने र नौ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरिएको हो ।
कार्कीका अनुसार नौ मतदान केन्द्र मतदातालाई पायकपर्ने स्थानमा स्थानान्तरण गरिएको छ । विद्यालय गाभिएका, भौतिक संरचना निर्माण भई कम्पाउण्ड साघुरो भएका केन्द्रलाई स्थानान्तरण गरिएको हो ।
मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ अनुसार केन्द्र आफ्नै वडामा हुनुपर्ने भएकाले दुई केन्द्र वडामा सारिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका–८ मा रहेको शरदपुर माध्यामिक विद्यालय मतदानस्थललाई वडा नं ९ मा रहेको शरदपुर माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा सारिएको छ ।
यस्तै राप्ती नगरपालिका–२ मा रहेको बुद्धशान्ति क्याम्पसको मतदानस्थललाई राप्ति नगरपालिका–३ को वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । यी दुवैस्थल वडा बाहिर रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले गत असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्नेको संख्या १४ हजार ७३१ जना रहेको छ । जिल्लाका १२ हजार ९६३ जना रहेको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । जिल्लाको तीन स्थानबाट गरिएको नामावली सङ्कलनका क्रममा उनीहरुले नाम दर्ता गराएका हुन । नाम दर्ता गराउनेमध्ये एक हजार ७६८ जना बाह्य जिल्लाका छन् ।
उनीहरुले यहाँ नामावली दर्ता गराएको भए पनि सम्बन्धित जिल्लामानै पठाइने उनले बताए । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता थिए । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्र थिए । सङ्घीय र प्रदेशसभा निर्वाचनमा मतदानस्थल थप भएसँगै केन्द्रसमेत थप हुने कार्कीले बताए । –रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34