२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका पाँच जनाद्वारा नेपाली नागरिकता परित्याग

प्रकाशित मिति : २०७९ श्रावण २३ गते

चितवन / चितवन जिल्लाका ५ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका शिलशिलमा बिदेश गएर उतैको नागरिक भएका उनीहरुले नेपालको नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी टिकाराम वाग्लेका अनुसार यस्ता नागरिकहरुले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र बिदेशमा रहेको समयमा दुताबास मार्फत नागरिकता परित्यागको प्रकृया गर्ने गरेका छन् ।
यसरी परित्याग गर्नेमा दुताबासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् । उनका अनुसार यस जिल्लाबाट सोही समयमा ६ जनाको नागरिकता रद्ध गरिएको छ ।
नेपालकै नागरिकता दोहोरो लिएको पाईएमा त्यस्ता नागरिकताहरु रद्ध गर्ने गरिन्छ । वाग्लेका अनुसार झुठ्ठा बिबरण पेश गरी दुईवटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्ध गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट ६ जनाको नागरिकता रद्ध गरिएको हो ।
यस्तै गत अर्थिक वर्षमा १८ हजार ३९७ जनाले बंशजको आधारमा नागरिकता लिएका छन् । अंगिकृत नागरिकता लिने ८ जना रहेको कार्यालयका सूचना अधिकारी आनन्दबंश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार अंगिकृत नागरिकता लिनेहरु आमा बुबा समेत अंगिकृत नागरिकता लिएकाहरुको परिवार रहेका छन् । १५ वर्ष नेपालमा बसोबास गरेका, नेपाली भाषा बोल्न र लेख्न जान्नेलाई यो नागरिकता दिने गरेको भए पनि गत वर्ष अंगिकृत नागरिकता पाएका परिवार बाहेक अन्यले पाएका छैनन् ।
न्यौपानेका अनुसार कार्यालयबाट ४३ जनाले बैंबाहिक अंगिकृत नागरिकता लिएका छन् । नेपाली पुरुष संग बिबाह गरेर आएका बिदेशी महिलाहरुले यो नागरिकता लिने गरेका हुन् । जिल्लामा गत आर्थिक वर्षमा १२ हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । २५ हजार ४८८५ जनाले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39