२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रतिवेदनमा चियाको गुणस्तर कम, झस्किँदै चिया व्यवसायी

प्रकाशित मिति : २०७९ श्रावण २८ गते

काठमाडौँ / भारतको एक संसदीय समितिले नेपालसहित विभिन्न देशबाट आउने चियाको गुणस्तरका सम्बन्धमा प्रश्न उठाएपछि नेपाली चिया किसान तथा व्यवसायी चिन्तित बनेका छन् । भारतको विधान र लोक सभाले संयुक्त रूपमा गठन गरेको एउटा समितिले नेपालबाट निर्यात हुने चिया कम गुणस्तर भन्ने प्रतिवेदन संसद्मा प्रतिवेदन पेस गरेपछि व्यवसायी चिन्तित बनेका हुन् ।
समितिले निर्यातमा रोक लगाउने आशय देखिएपछि उद्योग व्यवसाय नै धराशायी हुने भन्दै उद्योगी व्यवसायी झस्किएका हुन् । नेपालमा उत्पादन भएको चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।
गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले भारतले नेपालको चियालाई कम गुणस्तरको देखाएर रोक लगाउने सङ्केत गरेको बताउनुभयो । “नेपालको चिया उच्च गुणस्तरको छ । भारतकै प्रयोगशालाबाट परीक्षण गरेर निर्यात गरिरहेका छौँ,” उहाँले भन्नुुभयो, “प्रमाणित नहुने निराधार आरोप लगाएर निर्यातलाई प्रतिबन्ध लगाउन खोजेको खोजिएको छ ।”
अहिले नेपालका विभिन्न १३ जिल्लामा २६ हजार हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । नेपालबाट वार्षिक करिब चार अर्बको चिया निर्यात हुने गरेको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाए चिया उद्योग व्यवसाय बन्द भई किसान प्रत्यक्ष मारमा पर्ने रहेको व्यवसायीको भनाइ छ । त्यति मात्र हैन भारतले रोक लगाउँदा नेपालबाट भारतबाहेक अन्य देशमा हुने चिया निर्यातमा समेत समस्या पर्ने व्यवसायीले बताएका छन् । नेपालको चियाले भारतीय बजारमा राम्रो उपस्थिति जनाएपछि कम गुणस्तर देखाएर निर्यात बन्द गर्ने सङ्केत देखिएको चापागाईंको भनाइ छ ।
चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भारतले निर्यातमा प्रतिबन्ध लगाउने गरी कम गुणस्तरको देखाएर संसद्मा प्रतिवेदन पेस गरेको बताउनुभयो । “भारतकै प्रयोगशालामा परीक्षण गर्दा नेपालको चिया उच्च गुणस्तरको देखिएको छ ।
निर्यातमा प्रतिबन्ध लगाउने गरी असत्य र भ्रामक फैलाउन कम गुणस्तरको भन्ने प्रतिवेदन पेस गरिएको छ, यसको खण्डन गरिरहेका छौँ,” उहाँले भन्नुुभयो । यस विषयमा कूटनीतिक पहल गर्नका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको भट्टराईले जानकारी दिनुभयो । नेपालको चिया कम गुणस्तरको हो भन्ने भनाइ सत्य नभएको भनेर वाणिज्य मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले चियाको विषयमा पछिल्लो समय चलेको चर्चाका विषयमा मन्त्रालयले जानकारी लिने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६÷७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।
नेपालमा उत्पादन भएको चिया छिमेकी मुलुक भारतसँगै अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । मुलुकमा उत्पादित चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।
पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यसबाहेक अन्य जिल्लामा पनि चिया खेती विस्तार हुँदै गएको छ । अहिले नेपालमा चियासँग सम्बन्धित उद्योगमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41