September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मौसम आज : यी प्रदेशहरुमा वर्षाको सम्भावना

August 14, 2022
File photo.

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहनुका साथै प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।