January 24, 2025
- ADVERTISEMENT -

हरियाली युवा क्लबको सहज जीत

August 15, 2022

चितवन / सुरदेवी युवा क्लब राप्ती २ द्धारा आयोजना गरिएको खुल्ला नकआउट फुटवल प्रतियोगिताको आइतवार भएको खेलमा हरियाली युवा क्लब बछौली विजयी भएको हो । हरियाली युवा क्लब बछौलीले चुरियामाइ युवा क्लब लाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको खेलमा दुवै टिमबाट धेरै प्रयासहरु भए पनि गोल रहति बराबरीमा सकिएको थियो । दोस्रो हाफमा हरियाली युवा क्लबले पाच मिनेट भित्र दुइ गोल गरेको थियो ।
हरियाली युवा क्लबलाई जित दिलाउन ओमकार गुरुङ र संजय महतोले एक एक गोल गरे ।
खेलका म्यान अफ दि म्याच विजयी टिमका प्रकाश चौधरी घोषित भए । चौधरीलाई आयोजकले म्यान अफ दि म्याचको मेडल प्रदान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -