चितवन / इच्छाकामनामा गाउँपालिका–४ कुरिनटारमा गए राति (बिहीबार) करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोहि दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि सवार पहिचान नखुलेको करिब २८ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो ।
दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।
यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आज (शुक्रबार) बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका एक बृद्ध व्यक्तिको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग पार गरेर दिसा पिसाव गर्न शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको बोलेरोको ठक्करबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । बोलेरोको ठक्करबाट घाइते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।
बृद्धलाई ठक्कर दिएर बोलेरो फरार रहेको र खोजी कार्य जारी रहेको अधिकारीले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको दुई दुर्घटनामा तीन जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














