![]()
चितवन । तमु (गुरुङ) संचारकर्मी संघ, नेपालको कार्यालय उद्घाटन तथा अक्षयकोष रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तमु ह्युल छोंज धिं केन्द्रीय समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कर्णबहादुर गुरुङले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेको हो भने सँगसँगै संघको कार्यालयको रिबन काटी उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि गुरुङले कुनै राष्ट्रको इतिहास हेर्ने हो भने संचार माध्यमबाट लेखिएका समाचारले आम जनतालाई सुसूचित गराएको बताए । समाचारकै प्रभावबाट तिनीहरुबाट आएको चेतनाको विकासका कारणले त्यस देशको सत्ता पल्टिएको इतिहास रहेको उनको भनाइ थियो ।
उनले देशको सबभन्दा तल्लो निकायमा बसेका बोल्न नसक्ने, आफ्नो अधिकार माग्न नसक्ने त्यस्ता व्यक्तिहरुको अधिकार प्राप्तिका निम्ति समाचार लेखनले अहमभूमिका खेलेको बताए । गुरुङ जातिलाई मात्र अधिकार नचाहेको र अन्य जनजातिले पाए सरहको अधिकार बोल्न नसक्ने जनजातिले पनि पाउनु पर्छ भन्ने उनको माग थियो ।
उनले आफ्नो अधिकारका लागि सम्बन्धित ठाउँमा प्रपोजल बुझाउन सके कुनै गाह्रो नभएको बताए । आफ्नो अधिकार प्राप्त गर्न आफैँ लाग्नु पर्ने उनको सुझाव थियो । देशको पहाडी भेगबाट आएका जातिहरुले खस भाषा नजान्ने भएकाले दोभाषे जानेका जनजातिलाई राज्यको विभिन्न निकायमा राख्नु पर्ने उनको जोडदार माग थियो ।
कार्यक्रममा बागमती प्रदेश सभासद रिना गुरुङले तमु संचारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरुङलाई सहयोग स्वरुप एक लाख रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख अतिथि गुरुङलाई मायाको चिनो तथा विभिन्न संघसंस्थाका व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा फोनिज बागमती प्रदेशका उपाध्यक्ष राजेश रुम्बा, फोनिज चितवनका रमेश मगर, थारु पत्रकार संघ चितवनका दिपेश चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेवा दबु राष्ट्रिय पत्रकार संघका अनुज जोशी, मगर पत्रकार संघ चितवनका आशिक रानामगर लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम संघका अध्यक्ष तुलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव राजन दिल गुरुङले गरेका थिए ।
- ADVERTISEMENT -

बागमती प्रदेश सभासद गुरुङद्वारा अक्षयकोषका लागि एक लाख नगद प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.88
152.48

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
203.73
204.54

Swiss Franc
1
190.78
191.53

Australian Dollar
1
106.92
107.35

Canadian Dollar
1
108.58
109.01

Singapore Dollar
1
118.30
118.77

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.47
40.63

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.35
41.52

Malaysian Ringgit
1
37.43
37.58

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
494.32
496.27

Bahrain Dinar
1
402.78
404.38

Omani Rial
1
394.47
396.03














