२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

गठबन्धनको बैठक टुंगियो निष्कर्षबिहीन

प्रकाशित मिति : २०७९ भाद्र ७ गते
File photo

काठमाडौं / सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्षबिहीन नै टुंगिएको छ । मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरु पनि सहभागी थिए ।
कोरोना परीक्षण गर्न गएकाले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए । कार्यदलमा कुनै सहमति नभएको र संयोजक पनि अनुपस्थित भएकाले मंगलबारको बैठक पनि निकर्षबिहीन नै टुंगिएको एक नेताले बताए । उनका अनुसार, बैठक भोलि फेरी बस्ने गरी बोलाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -