चितवन / भरतपुरमा १० करोड लगानीमा अन्तराष्ट्रिय स्तरको ‘भर्मोरा टाइल्स एण्ड बाथवयर शोरुम’ सञ्चालनमा आएको छ । चितवनका दुई युवा व्यवसायी नवराज पोखरेल र सन्दिप अर्यालले भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित मिलनचोकमा उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् ।
आज (बिहीबार) एक समारोहबीच यो शोरुमको उद्धघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरे । उद्घाटन पछि बोल्दै मन्त्री जमरकट्टेलले यस्ता व्यवसायले चितवन लगायत बागमती प्रदेशमै व्यवसाय प्रर्वद्धनमा मदत पुग्ने बताए । देश राजनीतिक स्थायीत्व संँगै आर्थिक समृद्धिमा लम्किएको भन्दै उनले यस्ता उत्पादनले सेवाग्राहीका साथै आर्थिक उन्नतिमा टेवा पुग्ने बताए ।
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस्ता व्यवसायले चितवनको आर्थिक विकासमा टेवा पुग्ने बताए । शोरुमका सञ्चालक नवराज पोखरेलले भर्मोरा विश्वविख्यात ब्राण्ड भएकोले नेपालमा यो शोरुम १६ औं शाखाको रुपमा स्थापना गर्न सफल भएको बताए । पछिल्लो समय भरतपुर विकास निर्माण र भवनहरु बन्ने क्रम बढ्दै गएकोले सेवाग्राहीको आवश्यकता र माग अनुसार शोरुम सञ्चालनमा ल्याईएको बताए ।
भर्मोरा बा्रण्डमा रुचि राख्ने हरेक ग्राहकलाई घरदैलोमै सेवा पुरयाउने उद्धेश्य सहित सबै उत्पादनहरु यहांँ राखिएको बताए । अर्का सञ्चालक सन्दिप अर्यालले अहिलेको आर्थिकमन्दीको अवस्थामा पनि सेवा र राज्यलाई करमा केही सहयोग पुरयाउन शोरुम सञ्चालनमा ल्याईएको बताए । शोरुमले टायल मात्र नभई घर, भवन, कार्यालय, होटल तथा अन्य व्यवसायिक प्रतिष्ठानलाई चाहिने बाथरुम, किचन, गार्डेनमा चाहिने अन्य उत्पादनहरु पनि उपलब्ध गरिएको बताए ।
मध्यम देखि उच्च वर्गलाई लक्षित गरी विभिन्न आकार , साइज , गुणस्तरमा भर्मोरा बा्रण्डका उत्पादन बिक्री गरिने पोख्रेलको भनाई छ । भारतमा उत्पादन हुने भर्मोरा बा्रण्डको टायलको भारतमा मात्रै २८० भन्दा बढी एक्सकुल्सिभ शोरुम रहेको कम्पनीले जानकारी दिएको छ । नेपालमा टायल उत्पादन र बिक्रीमा दोस्रो स्थान ओगटेको भर्मोराको ६ जिल्लामा १६ वटा शोरुम रहेका छन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

१० करोड लगानीमा ‘भर्मोरा’ टायल शोरुम संचालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












