चितवन / नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका बागमती प्रदेश कमिटि सदस्य बाबुराम पाठक ५ दिनदेखि सम्पर्कबिहिन बनेका छन । पारिवारिक स्रोतले जनाएअनुसार पाठक गत भाद्र १० गते बिहानदेखि सम्पर्कविहिन बनेका हुन् ।
चितवनको राप्ती नगरपालिका वडा नं. ३ स्थायी घर भएका पाठक १० गते बिहानदेखि एक्कासी सम्पर्क बिहिन बनेको उनका छोरा मिलन पाठकले बताए । पाठकले मोबाइल घरमै छाडेका छन । हरेक दिन बिहानै मर्निङ वाकमा निस्कने पाठक सो दिनपनि मर्निङ वाकमा निस्किएको परिवार स्रोतले बताएको छ ।
तर लामोसमय बित्दा पनि नफर्किएपछि गत भाद्र १२ गते खोजी गरिदिन प्रहरीमा निवेदन दिइएको पारिवारिकले जनाएको छ ।
चितवनमा भद्र र समाजसेवी नेताको छवि बनाएका पाठक लामो समय नेकपा एमालेको राजनितिमा सक्रिय छन् । गत बर्ष पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा लागेका पाठक हाल बागमती प्रदेश कमिटिको सदस्य हुन् ।
समाजवादीका प्रदेश कमिटि सदस्य पाठक ५ दिनदेखि बेपत्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
