चितवन / पूर्वी चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा १०० दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सय दिनमा गरिएका काम शुक्रबार सार्वजनिक गरेको हो ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले प्रतिवेदन सार्वजनिक गर्दै १० जना विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क प्रविधिक शिक्षा पढाउन सुरु गरेको र रत्ननगर अस्पतालमा विपन्न समुदायका विरामीको उपचारका लागि ३० लाखको स्वास्थ्य उपचार कोष स्थापना गरिएको जानकारी दिए ।
१०० दिनको अबधिमा विपन्न समुदायको पहिचान गरी ३ हजार २०० घरपरिवारको स्वास्थ्य बीमा गर्ने कामको सुरुवात भइसकेको छ । सय दिनको अबधिमा सो नगरपालिकाले दुई ठुला योजनामा बजेट थप गर्न सफल भएको छ । ३ करोड ३९ लाख रुपैया बजेट रहेको सौराहा सौन्दर्य परियोजनामा बजेट थप गरी १८ करोड बनाउन सफल भएको मेयर सापकोटाले बताए ।
त्यसैगरी ५० लाखको शान्तिचोक पिठुवा सडकमा बजेट थप गरी ४ करोड पु¥याइएको छ । १०० दिनको प्रगति प्रतिवेदन तयार गरेको सो नगरपालिकाले नगर सभाबाट पारित गरिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन लैजान सक्नुलाई सफलता मानिएको छ ।
निर्वाचित भएर आएपछि जेठ र असार पुरानै बजेटमा काम गर्नु परेका कारण नयाँ काम नदेखिएको मेयर सापकोटाको भनाई छ । १०० दिनमा जम्मा हामीले एक महिना मात्र राम्ररी काम गर्न पाएका छौं उनले भने नगरबासीको चाहना हामीले बुझेका छौं,अब तीव्र गतिमा काम हुन्छ ।
भरतपुर महानगरपालिकामा सुकुमबासीलाई लालपूर्जा वितरण सुरु भइसकेकाल कारण रत्ननगरमा त्यसको दवाव परेको छ । आफु निर्वाचित भएर आएपछि सुकुमबासीलाई निस्सा वितरणको काम भइरहेको र राष्ट्रिय भूमि आयोगसंग समन्वय गरी चाडै लालपूर्जा वितरण गरिने मेयर सापकोटाले बताए ।
१० दिनमा सौराहामा सौर्य लाइट जडान,वडा नं १२ मा इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया,दुधमा र घाँसमा अनुदान,नगरप्रमुख उद्यमशिलता कार्यक्रमको निरन्तरता,बाँझो जमिनको उपयोग र सामुहिक रुपमा जग्गा भाडामा लिई सामुहिक खेती गर्ने कार्यमा बजेट विनियोजना गरी प्रक्रिया अगाडि बढेको उपमेयर यादव प्रसाद पाठकले जानकारी दिए ।
त्यसैगरी नगरपालिकामा नयाँ प्रशासकीय भवन निर्माणको लागि बहुबर्षीय योजनाको सुरुवात,फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राङ्गारिक मल उत्पादन उद्योग सञ्चालनको तयारी गरिएको उमेयर पाठकले जानकारी दिए । रत्ननगर अस्पतालमा मातृशिशु अस्पतालको भवन निर्माण तथा झुवानीमा वाटर किङडम निर्माण भइरहेको छ ।
जेष्ठ नागरिक तथा सुत्केरी महिलाको लागि घरभेट कार्यक्रम अन्र्तगत १६ वटै वडामा ८० वर्ष माथिका जेष्ठ नागरिक र सुत्केरी महिलाको घरमै स्वास्थ्य जाँच तथा सुगर प्रेसर परीक्षण गर्ने कार्य सञ्चालन गरिएको उनले जानकारी दिए ।
शैक्षिक विज्ञहरुसँग पराशर्म गरी प्राविधिक धार तर्फ गुणस्तरीय शिक्षामा जोड दिदै १० वर्षे नगर शिक्षा योजनाको निर्माणको कार्य थालनी गरिएको उपमेयर पाठकले जानकारी दिए । नगरमा रहेका विद्यालयमा ८ कक्षा सम्म पठन पाठन गराउने गरी स्थानिय पाठ्यक्र निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
- ADVERTISEMENT -

जनप्रतिनिधिको सय दिन : स्वास्थ्य बिमादेखि निःशुल्क उपचार
September 3, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
