निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जनप्रतिनिधिको सय दिन : स्वास्थ्य बिमादेखि निःशुल्क उपचार

प्रकाशित मिति : २०७९ भाद्र १८ गते
- ADVERTISEMENT -

चितवन / पूर्वी चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा १०० दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सय दिनमा गरिएका काम शुक्रबार सार्वजनिक गरेको हो ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले प्रतिवेदन सार्वजनिक गर्दै १० जना विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क प्रविधिक शिक्षा पढाउन सुरु गरेको र रत्ननगर अस्पतालमा विपन्न समुदायका विरामीको उपचारका लागि ३० लाखको स्वास्थ्य उपचार कोष स्थापना गरिएको जानकारी दिए ।
१०० दिनको अबधिमा विपन्न समुदायको पहिचान गरी ३ हजार २०० घरपरिवारको स्वास्थ्य बीमा गर्ने कामको सुरुवात भइसकेको छ । सय दिनको अबधिमा सो नगरपालिकाले दुई ठुला योजनामा बजेट थप गर्न सफल भएको छ । ३ करोड ३९ लाख रुपैया बजेट रहेको सौराहा सौन्दर्य परियोजनामा बजेट थप गरी १८ करोड बनाउन सफल भएको मेयर सापकोटाले बताए ।
त्यसैगरी ५० लाखको शान्तिचोक पिठुवा सडकमा बजेट थप गरी ४ करोड पु¥याइएको छ । १०० दिनको प्रगति प्रतिवेदन तयार गरेको सो नगरपालिकाले नगर सभाबाट पारित गरिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन लैजान सक्नुलाई सफलता मानिएको छ ।
निर्वाचित भएर आएपछि जेठ र असार पुरानै बजेटमा काम गर्नु परेका कारण नयाँ काम नदेखिएको मेयर सापकोटाको भनाई छ । १०० दिनमा जम्मा हामीले एक महिना मात्र राम्ररी काम गर्न पाएका छौं उनले भने नगरबासीको चाहना हामीले बुझेका छौं,अब तीव्र गतिमा काम हुन्छ ।
भरतपुर महानगरपालिकामा सुकुमबासीलाई लालपूर्जा वितरण सुरु भइसकेकाल कारण रत्ननगरमा त्यसको दवाव परेको छ । आफु निर्वाचित भएर आएपछि सुकुमबासीलाई निस्सा वितरणको काम भइरहेको र राष्ट्रिय भूमि आयोगसंग समन्वय गरी चाडै लालपूर्जा वितरण गरिने मेयर सापकोटाले बताए ।
१० दिनमा सौराहामा सौर्य लाइट जडान,वडा नं १२ मा इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया,दुधमा र घाँसमा अनुदान,नगरप्रमुख उद्यमशिलता कार्यक्रमको निरन्तरता,बाँझो जमिनको उपयोग र सामुहिक रुपमा जग्गा भाडामा लिई सामुहिक खेती गर्ने कार्यमा बजेट विनियोजना गरी प्रक्रिया अगाडि बढेको उपमेयर यादव प्रसाद पाठकले जानकारी दिए ।
त्यसैगरी नगरपालिकामा नयाँ प्रशासकीय भवन निर्माणको लागि बहुबर्षीय योजनाको सुरुवात,फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राङ्गारिक मल उत्पादन उद्योग सञ्चालनको तयारी गरिएको उमेयर पाठकले जानकारी दिए । रत्ननगर अस्पतालमा मातृशिशु अस्पतालको भवन निर्माण तथा झुवानीमा वाटर किङडम निर्माण भइरहेको छ ।
जेष्ठ नागरिक तथा सुत्केरी महिलाको लागि घरभेट कार्यक्रम अन्र्तगत १६ वटै वडामा ८० वर्ष माथिका जेष्ठ नागरिक र सुत्केरी महिलाको घरमै स्वास्थ्य जाँच तथा सुगर प्रेसर परीक्षण गर्ने कार्य सञ्चालन गरिएको उनले जानकारी दिए ।
शैक्षिक विज्ञहरुसँग पराशर्म गरी प्राविधिक धार तर्फ गुणस्तरीय शिक्षामा जोड दिदै १० वर्षे नगर शिक्षा योजनाको निर्माणको कार्य थालनी गरिएको उपमेयर पाठकले जानकारी दिए । नगरमा रहेका विद्यालयमा ८ कक्षा सम्म पठन पाठन गराउने गरी स्थानिय पाठ्यक्र निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58