२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशबाट कालिका नपालाई क्षेत्रीयस्तरको कर्भडहल हस्तान्तरण

प्रकाशित मिति : २०७९ भाद्र १८ गते
Photo : Halkaro

कालिका / वाग्मती प्रदेश सरकारले निर्माण गरेको चितवनको कालिका नगरपालिका वडा नम्बर ३ मा क्षेत्रीय स्तरको कभर्डहल हस्तान्तरण गरिएको छ । कर्भडहल मन्त्री ढकाल र दाहालले वडाध्यक्ष बीरेन्द्र तामाङलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।
उक्त कर्भडहलको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र श्रम,रोजगार मन्त्री यातायतमन्त्री घनश्याम दाहलले सयुंक्त रुपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा मन्त्री ढकालले खेलकुदको माध्यमबाट पनि देशलाई समृद्धि ल्याउन सकिने बताए । प्रदेशले खेल प्रर्वद्धनको लागि हरेक वडामा कर्भडहलमा पूर्वाधार सहित बनाउने लक्ष्य सहित कर्भडहल बनाईएको बताए ।
खेलले स्वास्थ्य क्षेत्रमा मात्र नभई खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो क्ष्मता प्रर्दशन गर्न सकिने बताए । खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै व्यवसायिक खेलको लागि प्रशिक्षकको आवश्यक पर्ने उनको भनाई थियो र अर्का मन्त्री दाहालले एक स्थानीय तह एक कर्भडहल योजना अनुुसार कालिकामा कर्भडहल निर्माण गरिएको बताए ।
आफ्नो कार्यकालमा यस्ता थुप्रै योजना बनाउन सफल भएको भन्दै उनले खेलको माध्यमबाट देशलाई चिनाउन मदत हुने उनको भनाई थियो । कार्यक्रमका सभापति एवं वडाध्यक्ष स्याङतानले २ बर्ष अभि निर्माण शुरु भएको यो कर्भड हालै मात्र सम्पन्न गरी वडालाई हस्तान्तरण गरिएको बताए । यो कर्भडहलको संंंरक्षणको दायित्व वडाको रहेकोभन्दै यसलाई आगामी दिनमा विस्तार गर्दै लैजाने बताए । सबैको साझा प्रयासले मात्र कर्भडहल निर्माण सम्पन्न भएको भन्दै आभार प्रकट गरे ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्तबीर स्याङतान,भिमोदय माविका प्रधानाध्यापक डा.हरिप्रसाद कंडेल,स्थानीय खेलप्रेम िदीपेन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयको १ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको सो कर्भडहल अब स्थानीय सरकारको मातहतमा सञ्चालन हुनेछ । सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङले कर्भडहल निर्माण गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72