२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

विभिन्न ठाउँमा भएको दुर्घटनामा चार जनाको मृत्यु

प्रकाशित मिति : २०७९ आश्विन ६ गते
Sketch

काठमाडौं / काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा बुधबार राति आगलागीमा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।
कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस्तैगरी भक्तपुरमा पर्यटक बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, श्रेष्ठलाई बुधबार साँझ सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नं. को बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68