२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

‘न्यूजप्रवाह साप्ताहिक’को वार्षिकोत्सव आज, राप्तीका मेयर शमशेर लामाद्वारा उद्घाटन

प्रकाशित मिति : २०७९ आश्विन १० गते
- ADVERTISEMENT -

चितवन / बि एण्ड बि मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले आज (सोमबार) प्रथम वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा बि एण्ड बि मिडियाले ‘वार्षिक विशेषाङ्क’ पुस्तक विमोचन साथै ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकालाई महत्वपूर्ण योगदान पुर्याउने चार जनालाई सम्मान गर्ने भएको हो ।
सम्मानित हुनेहरुमा चारजना पत्रकार र एक जना व्यवसायी रहेका छन् । उनीहरुलाई विभिन्न समयमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गर्न लागिएको हो ।
घटस्थापनाको दिन शुभसाइत पारेर प्रथम वार्षिकोत्सव मनाउने तयारी भइरहेको पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक बबिलाल तामाङले बताए । वार्षिकोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको बि एण्ड बि मिडियाले जनाएको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रमको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाद्वारा गरिने उनले बताए । वार्षिकोत्सव पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा सम्पन्न हुने भएको छ ।
प्रकाशक तामाङ विगत दुई दशक बढीदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी तामाङ पत्रकार संघ चितवनका अध्यक्ष पनि हुन् । नेपाल पत्रकार महासंघ चितवन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को कार्यसमितिमा पनि उनको आवद्धता रहेको छ ।

- ADVERTISEMENT -