२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

सत्रकिलोमा पहिरो, नामु सडकखण्ड अवरुद्ध

प्रकाशित मिति : २०७९ आश्विन २० गते
file photo.
- ADVERTISEMENT -

चितवन / नारायणगढ–मुग्लिन (नामु) सडक खण्ड अवरुद्ध भएको छ । बुधबार रातिदेखि भएको लगातार वर्षाका कारण लेदोसहितको पहिरो खस्दा नामु सडक खण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहीबार) बिहान ८ बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा पहिरो जांँदा दुईतर्फी रुपमा बाटो अवरुद्ध भएको हो ।
उक्त पहिरो गएको नामु सडकखण्डमा प्रहरी चौकी जुगेडी र ईलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले सडक डिभिजन कार्यालयसंँग समन्वय गरेर बाटो खुलाउने पहल भइरहेको छ ।

- ADVERTISEMENT -