२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

काङ्ग्रेसमा बिद्रोह : चितवनमा पौडेल र कोइरालाको उम्मेदवारी दर्ता

प्रकाशित मिति : २०७९ आश्विन २३ गते
- ADVERTISEMENT -

चितवन / काङ्ग्रेसका दुई नेताले बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्तागठबन्धनको विरुद्धमा चितवन–३ मा कांग्रेसका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्वसांसद तथा कांग्रेसबाट निलम्वित नेता जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
सत्तागठबन्धनले चितवन–३ लाई प्रचण्डको लागि भन्दै सिट दिएपनि माओवादी केन्द्रबाट डा भोजराज अधिकारी उम्मेदवार बनाइएको छ । काङ्ग्रेसका कोइराला २०७४ को चुनावमा चितवन–३ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । २०७४ मै कांग्रेसबाट भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएपनि कांग्रेस पार्टीले उम्मेदवारी फिर्ता गराएर माओवादी नेतृ रेनु दाहाललाई गठबन्धनको उम्मेदवार बनाएको थियो ।
नेता पौडेल बैशाखमा भरतपुर महानगरको मेयर पदमा भुईकटहर चुनाव चिन्ह लिएर उठेका थिए । पौडेल लगायतका नेताहरु गठबन्धन विरुद्ध लागेको भन्दै बैशाखमै पार्टीले कांग्रेसको साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो । कांग्रेसको जनाधार भएको क्षेत्रमा माओवादीलाई भोट दिन नसकिने भन्दै दुबै नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

- ADVERTISEMENT -