२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन क्षेत्र नं. २ मा कांग्रेसका उमेश, एमालेका कृष्णभक्त र स्वतन्त्रका रवि भिड्ने

प्रकाशित मिति : २०७९ आश्विन २७ गते

चितवन / चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उमेश श्रेष्ठ, नेकपा एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भिड्ने भएका छन् । लगातार दुईपटक निर्वाचन जितेका एमालेका उमेदवार पोखरेल यसपटक पनि दावेदारीको रुपमा हेरिएको छ ।
सत्तागठवन्धनबाट कांग्रेसका उम्मेदवार श्रेष्ठ र राष्ट्रियका लामिछाने क्षेत्र बाहिरबाट उम्मेदवार बनेपछि स्थानीय रुपमा असल नेताको छवि बनाएका पोखरेल हावी हुने देखिएका हुन् । यदि पोखरेलले निर्वाचनमा बाजी मारे भने उनको यो लगातार तेस्रो जित हुनेछ ।
स्वतन्त्र पार्टीका लामिछाने र राज्यमन्त्री श्रेष्ठ स्थानीय मतदातासंग तुलनात्मक रुपमा पोखरेलभन्दा कम घुलमिल छन् । राज्यमन्त्री श्रेष्ठ यसअघि पटकपटक चितवन–३ बाट समानुपातिक सांसद भए पनि क्षेत्र–२ मा भने नयाँ नै हुन् । पोखरेलको क्षेत्रका मतदातासंगको घुलमिल, उनले आफ्नो १० बर्षे कार्यकालमा क्षेत्रमा गरेका पुर्वाधार बिकासका योजना, स्वच्छ छवि र गठवन्धन दलभन्दा बढि मतभार रहेका कारण चितवन–२ मा पोखरेल बलिया उम्मेदवार मानिन्छन् ।
पोखरेल सांसद भएकै समयमा एक अरवभन्दा बढीको लगानीमा सोही क्षेत्रभित्र गोन्द्राङ–नारायणगढ सडकको ६ लेन स्तरोन्नती, सिटिहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उनकै पहलमा यी परियोजनाको शिलान्यास समेत भैसकेको छ । भरतपुर महानगरपालिकाले यस परियोजनाहरुलाई गौरवको योजना भन्दै आएको पनि छ ।
क्षेत्रको बिकट पहाडी बस्ति चण्डीभञ्ज्याङ् र दाहाखानीमा पोखरेलले आफ्नै कार्यकालमा बिधुतीकरण गरेका छन् । ७८ करोडको लागतमा शक्तिखोर–फिस्लिङ सडक निर्माण सम्पन्न भएको छ । सडक र बिधुतको विकास पहाडी बस्तीमा बरदान सावित भएको स्थानीय बताउछन् । बिकासका अन्य थुप्रै कार्यक्रम संगै कानुन निर्माणमा समिति सभापतिका रुपमा पोखरेलले खेलेको भुमिकाको क्षेत्रमा प्रशंसा हुने गरेको छ ।
१ लाख २४ हजार २१४ मतदाता :
पछिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट उठेका यो क्षेत्रका वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ५ सय ४३ भोट पाएका थिए । उक्त निर्वाचनमा गठबन्धनभित्रका कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट उठेका वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ३ सय ९४ भोट पाएका थिए ।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाका ५, कालिका नगरपालिकाका ५ र इच्छाकामना गाउँपालिकाको एउटा वडा जितेको थियो । माओवादी केन्द्रले महानगरमा १, कालिकामा २ र इच्छाकामनामा एउटा वडा जितेको थियो ।
एकीकृत समाजवादीले महानगरपालिकामा एक वडा मात्र जित्यो । वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हिसाब गर्दा गठबन्धनमा रहेका सबै दलकाले पाएभन्दा एमालेका वडाध्यक्षहरूले पाएको भोट १ सय ४९ ले बढी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72