२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन क्षेत्र नं. ३ मा कोइराला, अधिकारी र पाण्डेको घम्साघम्सी हुने

प्रकाशित मिति : २०७९ आश्विन २७ गते

चितवन / नेकपा एमालेबाट चितवन ३ मा उमेदवारी दिएका रामप्रसाद न्यौपानेको उमेदवारी पार्टी अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिइदिए । ओलीले इमेल मार्फत न्यौपानेको उमेदवारी फिर्ता लिएपछि चितवन एमालेका नेता असन्तुष्ट देखिन्छन् ।
एमालेले अब कांग्रेसबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ । उमेदवारी फिर्ता लिन पाउने निर्धारित समयमा पनि कोइरालाले आफ्नो बागी उमेदवारी फिर्ता नलिएपछि कांग्रेसभित्र हलचल मच्चिएको छ ।
कांग्रेसले कोइराला र उनका प्रस्ताव र समर्थकलाई पार्टीबाट निश्कासन गरिसकेको छ । यद्यपी कांग्रेसले अझै पनि कोइरालाको उमेदवारीलाई निश्क्रिय बनाउन प्रयत्न गर्ने देखिन्छ । आफुलाई समर्थन गरेकामा कोइरालाले एमालेलाई धन्यवाद दिएका छन् ।
‘एक थोपा रगत नबगाई क्रान्ति गर्नका लागि हामीले उम्मेदवारी दिएका हौं । देशमा रचनात्मक क्रान्तिको थालनी चितवनबाट गर्न सबैमा हार्दिक अपिल गर्दछौं’, उनले फेसबुकमा लेखेका छन् । उनले भने–‘मलाई आशा तथा विश्वास छ नेपाली कांग्रेसले पनि हाम्रो उमेदवारीलाई समर्थन र साथ दिनेछ ।
यसका लागि विभिन्न तरिकाले उच्चस्तरीय पहल भइरहेको जानकारी गराउँदछौं ।’ कोइराला कति दिनसम्म आफ्नो अडानमा टिक्छन् भनेर हेर्न बाँकी नै छ । स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनका उमेदवार विरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा बागी उमेदवारी दिएपछि कांग्रेसले जगन्नाथ पौडेललाई पार्टीबाट निश्कासन गरेको थियो ।
प्रतिनिधि सभाको निर्वाचनमा आइपुग्दा पौडेल जसरी विद्रोह गर्ने दुई व्यक्ति निश्किए । चितवन १ मा पनि कांग्रेसकै उमेदवार विश्वनाथ पौडेलविरुद्ध राजेन्द्र बुर्लाकोटीले बागी उमेदवारी दिएका छन् । एमालेले बागी उमेदवार कोइरालालाई सघाउने निर्णय किन ग¥यो ? भनेर धेरैलाई खुलदुली लागेको छ ।
चितवन ३ कांग्रेस बलियो भएको क्षेत्र हो । यस क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । यसै क्षेत्रमा गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध कांग्रेस केन्द्रिय सदस्य कोइराला र कांग्रेसबाट कारबाही भोगेका पौडेलले स्वतन्त्र उमेदवारी दिएपछि कांग्रेसको भोट बाँडिने भएको छ । स्थानीय तहमा जस्तै कांग्रेसको असन्तुष्ट कार्यकर्ताको भोट बागी उमेदवारलाई जाने देखेपछि एमालेले उमेदवारी फिर्ता लिएको हो ।
असन्तुष्ट कार्यकर्ताको भोट नआउने र राप्रपाका उमेदवार विक्रम पाण्डेलाई जसरी पनि हराउने रणनीति अनुसार ओलीले न्यौपानेको उमेदवारी फिर्ता लिएको नेताहरु बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा राप्रपाले सोचेअनुसार सहयोग गरेन । सोहि बदला तिर्न र कांग्रेसको असन्तुष्ट कार्यकर्ताको भोट पनि नआउने देखेपछि बागी उमेदवारलाई समर्थन गर्नुपर्ने भएको हो’, एमालेका एक नेताले भने । यससंगै माओवादी केन्द्रका उमेदवार अधिकारीलाई जित्न झनै कठिन बनेको छ ।
जीत सुरक्षित नदेखेपछि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ मा पुगेका हुन् । प्रचण्ड जस्तो व्यक्तिले जीत सुनिश्चित हुने नदेखेर छाडेको क्षेत्रमा अधिकारीलाई जीत्न कठिन छ । त्यसमा पनि गठबन्धनको ठूलो दल कांग्रेसबाट बागी उमेदवार पर्नु र ती उमेदवारलाई एमालेले समर्थन गर्नु माओवादीलाई चिन्ताको विषय बनेको छ । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग बाम गठबन्धन हुँदा प्रचण्डले नौ हजार ३४१ मतान्तरले विक्रम पाण्डेलाई पराजित गरेका हुन् ।
प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । त्यतिबेला कांग्रेसले पाण्डेलाई समर्थन गरेको थियो । अहिले माओवादीसँग एमाले साथमा छैन । न राप्रपा नै छ । कांग्रेस पनि पुरै साथमा छैन । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका बागी उमेदवार पौडेलले १४ हजार ७२८ मत ल्याएको थियो ।
कांग्रेसको असन्तुष्ट पक्षको मत आफुलाई आउने एमालेको सोच गलत सावित भएपछि यस पटक हच्किएको हो । यस पटक कांग्रेसको केन्द्रिय सदस्यले नै बागी उमेदवारी दिएपछि एमालेले उनैलाई समर्थन गर्न पुगेको हो । बागी उमेदवारी दिएका कोइराला संस्थापन इतरका हुन् । चितवन कांग्रेसमा संस्थापन इतर बलियो छ ।
२०७४ मा भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएका यीनै कोइरालाको उमेदवारी पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँबाटै फिर्ता लिएका थिए । कोइरालाले ५ वर्ष अघि भोगेको नियति यस पटक एमाले चितवनका अध्यक्ष समेत रहेका न्यौपानेले भोगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34