२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा सवारी चालक अनुमति पत्रको लागि सर्वोच्चद्वारा बाटो खुला

प्रकाशित मिति : २०७९ आश्विन २८ गते

चितवन / यातायात व्यवस्था सेवा कार्यालय चितवनलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्नका लागि बाटो खुलेको छ । लाइसेन्स वितरणको लागि प्रयोगात्मक परीक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात ब्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएको छ ।
यससंगै चितवनबाट सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परिक्षास्थल छनोटको बाँकी प्रक्रिया अगाडि बढाउने बाटो खुलेको यातायात ब्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलले जानकारी दिए । न्यायाधिश ईश्वरकुमार खतिवडा र डा मनोजकुमार शर्माको इजलासले मुख्यमन्त्री कार्यालय र यातायात कार्यालयको माग बमोजिम हुने फैसला सुनाएको हो ।
प्रयोगात्मक परीक्षास्थल छनोटको विरुद्धमा चितवन ड्राइभिङ स्कुलले गएको असार १९ गते सर्वाेच्चमा मुद्धा दायर गरेको थियो । प्रयोगात्मक परीक्षास्थलको लागि सदगुरु र महालक्ष्मी मोटर ड्राइभिङ सेन्टर प्रतिस्पर्धाका लागि छानिएका थिए ।
यी दुई सेन्टरको प्राविधिक मूल्यांकन हुने क्रममा प्रयोगात्मक परीक्षास्थलको छनौटका लागि प्रवेश नपाएको चितवन ड्राइभिङले मुद्धा दर्ता गरेको थियो । अब प्रयोगात्मक परीक्षास्थलको लागि कुनै एक ड्राइभिङ सेन्टर छनोट हुने बित्तिकै लाइसेन्स वितरणको काम सुरु हुने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97